प्रधानमन्त्री कप टी ट्वान्टीमा एपिएफले प्रदेश नम्बर २ लाई ८ विकेटले हरायो

212
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको प्रदेश २ ले पूरा २० ओभर खेल्दै ८ विकेट जाँदा ७२ रन बनाएको थियो। जसमा शोभा आले र अनुराधा चौधरीले मात्र दोहोरो अंकमा रन जोड्न सकेका थिए। शोभाले २३ बलमा १३, अनुराधाले ३४ बलमा १८ रन बनाएका थिए।

एपिएफका लागि सीता राना मगरले दुई साथै रेखा रावल, करुणा भण्डारी, इश्वरी विष्ट र राजमती ऐरीले एक-एक विकेट लिए।  ७३ रनको लक्ष्य पछ्याएको एपिएफका लागि ज्योती पाण्डेले ४० बलमा ३० रन साथै सीता राना मगरले ३० बलमा १८ रन बनाइन्। प्रदेश २ की सरस्वती कुमारी र कविता गौतमले एक-एक विकेट लिए।

यसअघि आइतबार नै भएको पहिलो खेलमा लुम्बिनी प्रदेशसँग कर्णाली ९ विकेटले पराजित भएको थियो। यस्तै शनिबार भएको खेलमा कर्णाली प्रदेश एपिएफसँग २०४ रनले पराजित भएको थियो। शनिबार नै लुम्बिनी प्रदेशले प्रदेश नम्बर २ लाई ९ विकेटले नै हराएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here