आज उपत्यकामा ४५४ जना कोरोना संक्रमित थपिए

69

 काठमाडौं- काठमाडौं उपत्यकामा ४५४ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार ४९२ पुगेको छ।

बिहीबार काठमाडौंमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्। पछिल्लो २४ घन्टामा नेपालमा थप १३५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४४ हजार २३६ पुगेको छ। पछिल्लो २४ घन्टामा थप १३५४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २५ हजार ५६१ उपचारपछि निको भएका छन्। देशभर सक्रिय संक्रमितको संख्या १८४०४ रहेकाे र ती मध्ये ७४६२ होम आइसोलेसनमा बसेको डा गौतमले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here