दामनमा फेरि हिमपात हुँदा त्रिभुवन राजपथ बन्द

207
People playing with snow at Daman of Thaha Municipality, on Saturday.

मकवानपुर । मकवानपुरको उतरी क्षेत्र थाहा नगरपालिकाको सिमभञ्याङ र दामन क्षेत्रमा फेरि हिमपात हुँदा त्रिभुवन राजपथ बन्द भएको छ । यसअघि पनि हिमपात भएको थियो ।

त्रिभुवनराजपथ बन्द हुँदा यस सडक भएर गाडीहरु ओहोरदोहोर गर्न पाएका छैनन् ।

हिमपात हुँदा स्थानीय बासिन्दाहरु भने खुसी भएका छन् । यसअघि आन्तरीक पर्यटकहरु हिउँ खेल्न आए पनि अहिले भने कोरोना सङ्क्रमणको त्रासका कारण हिउँ खेल्न जानेहरु अत्यन्तै कम ‍भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालका अनुसार गएराति भएको हिमपातले त्रिभुवन राजपथ अन्तर्गत सिमभञ्याङ(दामन सडक बन्द भएको छ ।

सिमभञ्याङ र दामन क्षेत्रमा यस वर्षको दोस्रो पटक हिमपात भएको हो । यसअघि पुस १४ गते यस क्षेत्रमा बाक्लो हिमपात भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here