मरिससविरुद्धको मैत्रीपूर्ण खेलमा जित भएमा त्यसको सबै श्रेय खेलाडीलाई जाने : अलमुताइरी

96

काठमाडौं।नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मरिससविरुद्धको मैत्रीपूर्ण खेलमा जित हात पारेको त्यसको सबै श्रेय खेलाडीलाई जाने बताएका छन्। २९ जनवरी र १ फेब्रुअरीमा काठमाडौंस्थित दशरथ रंगशालामा हुने खेलबारे टिप्पणी गर्दै खेलाडीहरूको मनोबल बढाउन उनले यस्तो बताएका हुन्।

यदि उक्त खेलमा पराजय व्यहोर्नुपर्‍यो भने त्यसको जिम्मेवारी आफूले लिने उनले बताएका छन्।

बिहीबार सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘‘नेपाली टिमले जित हात पारे त्यसको सम्पूर्ण श्रेय खेलाडीहरूमा जानेछ, कथमकदाचित हार व्यहोर्नु परेमा त्यसको जिम्मेवार केवल म हुनेछु।”
उनले अगाडि पराजय व्यहोर्नुपरेमा त्यसको दोषारोपण खेलाडीमा लगाउन नहुने टिप्पणी गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here