काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य श्यामकृष्ण सिलवाल नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
बिहीबार एमाले परित्याग गर्दै सिलवाल एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । सिलवाललाई पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा अध्यक्ष माधव नेपालले पार्टी प्रवेश गराएका थिए ।
सिलवाल एमाले ललितपुरका पूर्व अध्यक्ष समेत हुन् ।


















