देशभर अहिले सक्रिय संक्रमितको संख्या ८३ हजार ९९९ मात्र

79

काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नौ हजार ९१० जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४९ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा ३२ सय ३५ जनाको एन्टीजेन परीक्षण गर्दा ४९१ जनामा संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार कुल १३ हजार १४५ जनामा परीक्षण गर्दा पीसीआर र एन्टीजेन गरेर तीन हजार ५४० जनामा संक्रमण पुष्टि भएको छ।

सोही अवधिमा छ हजार ३५९ जना डिस्चार्ज भएका छन् । त्यस्तै माघ १३ गते देखि १६ गतेसम्म ३२ जनाको मृत्यु भएको छ। देशभर अहिले सक्रिय संक्रमितको संख्या ८३ हजार ९९९ रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here