सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा विभाजित

78

काठमाडौं । सत्ता गठबन्धनमा रहेको दल राष्ट्रिय जनमोर्चा (राजमो) विभाजित भएको छ। राजमोको एक समूहको शनिबार सम्पन्न विशेष राष्ट्रिय भेलाले कृष्णराज पौडेलको अध्यक्षतामा केन्द्रीय समन्वय समिति चयन गरेको जानकारी दिएको छ।

समितिको तीनजना उपाध्यक्षमा चिन्तामणि पौडेल, सूर्या थापा र सुरेन्द्र भण्डारी चयन भएका छन्। महासचिवमा लालबहादुर जाग्री, सचिव गौरिलाल कार्की र कोषाध्यक्षमा ओमबहादुर  केसी निर्वाचित भएका छन्।

सदस्यहरुमा बालकृष्ण सुवेदी, नरबहादुर थापा, मनिराम सापकोटा, लक्ष्मी न्यौपाने, उद्धव ऐर, धनबहादुर बोहरा, कर्ण थापालगायत छन्।

५१ सदस्यीय केन्द्रीय समितिमा पाँच सदस्यको स्थान पछि केन्द्रीय समितिले पूर्ती गर्ने गरी हाललाई रिक्त राखिएको जानकारी दिइएको छ।

विज्ञप्तिको पूर्णपाठ:

राष्ट्रिय जनमोर्चा केन्द्रिय समन्वय समितीको नामावली 

(२०७८ माघ १५ गते सम्पन्न विशेष राष्ट्रिय भेला द्वारा निर्वाचित)

१. अध्यक्ष : कृष्णराज पौडेल (नवलपरासी)
२. उपाध्यक्ष : चिन्तामणी पौडेल (काठमाडौं)
३ उपाध्यक्ष : सुर्या थापा (काठमाडौं)
४. उपाध्यक्ष : सुरेन्द्र भण्डारी (मोरङ्ग)
५. महासचिव : लाल बहादुर जाग्री (डडेल्धुरा)
६. सचिब : गौरिलाल कार्की (बाके)
७. कोषाध्यक्ष : ओम बहादुर केसि (दाङ)

सदस्यहरु :-
८. बालकृष्ण सुवेदी (सुनसरी) ९. नर बहादुर थापा (रुपन्देही) १०. मनिराम सापकोटा (रुपन्देही) ११. लक्ष्मी न्यौपाने (रुपन्देही) १२ . उद्दब ऐर (डडेल्धुरा) १३. धन बहादुर बोहरा (डडेल्धुरा) १४. कर्ण थापा (बारा) १५. दिपक चौधरी (बारा) १६. रामबाबु साह (बारा) १७. मोमिना खातुन (बाके) १८. गुणनिधी आचार्य (बाके) १९. श्रीप्रसाद थापा (बागलुङ) २०. रेशम गिरि (बागलुङ) २१. गोपाल नेपाली (दाङ) २२. शशिराम बुढाथोकी (दाङ) २३. नारायण सापकोटा (बागलुङ) २४. बिरेन्द्र थापा (बागलुङ) २५. रामबहादुर जिएम (दाङ) २६. राजेन्द्र नेपाली (अर्घाखाँची) २७. राधा खरिवडा (मोरङ) २८. रामहरि धिताल (मकवानपुर) २९. राजिमसुर राई (भोजपुर) ३०. सन्तोष राई (झापा) ३१. लेखनाथ शर्मा (नवलपुर) ३२. धनपती ज्ञवाली (नवलपुर) ३३. शोभा देबि सापकोटा (नवलपुर) ३४. खगेश्वर शर्मा (पार्सा) ३५. तपसी चौधरी (पर्सा) ३६. मनु बिक (प्युठान) ३७. जितामित्र सुनार (प्युठान) ३८. वीर बहादुर पुन (प्युठान) ३९. तारा पौडेल (चितवन) ४०. लक्ष्मी रिजाल “उदय ” (कैलाली) ४१. सुशील शाही (कालिकोट) ४२. बिक्रम थापा (कास्की) ४३. नरेन्द्र झुकाल (कंचनपुर) ४४. धर्मदेब पन्त (कंचनपुर) ४५. हिमलाल वाग्ले (कपिलवस्तु) ४६. कमल खड्का (कपिलवस्तु)

५१ सदस्यीय केन्द्रिय समितिमा पाच सदस्यको स्थान पछि केन्द्रिय समितीले पुर्ती गर्नेगरी हाललाई रिक्त राखिएको ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here