हेटौंडा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५ रातमाटेमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
पूर्व–पश्चिम सडकखण्डमा बाराबाट हेटौंडातर्फ आउँदै गरेको ना।६ ख ८४२५ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०२–०२५ प ३०८१ नम्बरको मोटरसाइकल बुधबार आपसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार बकैया–७ का ३७ वर्षिय शिवप्रसाद सुवेदी रहेको मकवानपुर प्रहरीले जनाएको छ। सुवेदीको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जनाइएको छ।
त्यसैगरि मोटरसाइकल चालक दोलखा बस्ने ४६ वर्षीय थनकप्रसाद दुलाल घाइते भएका छन्।
ठक्कर दिने बस तथा चालक प्रहरी नियन्त्रणमा रहेका छन्।

















