एमसीसी संशोधन नगरीकन पारित गर्नु हुँदैन : प्रचण्ड

59

काठमाडौं । सत्तारुढ गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी आर्थिक सहायता सम्झौता (एमसीसी) संशोधन नगरी पारित गर्न नहुने जनाएका छन् ।

पार्टीको कर्णाली प्रदेश कमिटी बैठकलाई बिहीबार भर्चुअल रुपमा  सम्बोधन गर्दै प्रचण्डले यथास्थितिमा एमसीसी पारित नहुने जनाएका हुन्।

‘हामीले अमेरिकी सहयोग लिनै हुन्न भनेका छैनौं। अन्य सहयोग लिइ पनि राखेका छौं। एमसीसीमा भएका केही प्रावधानहरु संशोधन हुनुपर्छ। त्यसो भएमा एमसीसीको बजेट लिन गाह्रो छैन। एमसीसीमा भएका प्रावधान संशोधन नभए यथास्थितिमा पारित हुँदैन,’ प्रचण्डको सम्बोधनलाई उद्धृत गर्दै एक नेताले भने, ‘एमसीसीकै कारण गठबन्धन टुट्ने कुरा हल्ला मात्रै हो। त्यसरी कमजोर रुपमा गठबन्धन बनाएको होइन। यो गठबन्धन टुटाउन जतिसुकै षड्यन्त्र गरेपनि गठबन्धन कायम रहन्छ।’

प्रमुख प्रतिपक्षी दल एमालेले एमसीसीलाई देखाएर गठबन्धनमा खेल्न खोजेको पनि प्रचण्डले आरोप लगाए।

स्थानीय निर्वाचन जेठमा हुन उल्लेख गर्दै प्रचण्डले पार्टीलाई गाउँ केन्द्रित बनाउनुपर्ने जनाए । ‘पार्टी नेतामुखी, शहरमुखी भएको जनगुनासोहरु आइरहेका छन्। तपाईंहरु गाउँ र जनतामुखी भएर लाग्नुस्। स्थानीय चुनावमा जनताको मन जितेर पहिलो शक्ति बन्नुस्,’ प्रचण्डले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here