कश्मीर समस्यामा संयुक्त राष्ट्रसंघले कुनै भूमिका नखेलेको ग्रेटर नेपालको आरोप

162

काठमाण्डौ / सन् १९४७ अगस्ट १५ देखि इन्डियाले सुगौली सन्धिपूर्वको नेपालको जमिनमाथि उपनिवेश कायम गरेको विरोधमा आवाज उठाउँदै आएको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले तत्कालीन स्वतन्त्र कश्मीरमाथि इन्डियाले गर्दै आएको कब्जाका विरुद्ध कश्मीरी जनताले विगत सात दशकभन्दा बढी समयदेखि गरिरहेको संघर्ष र तिनीहरूले उठाएको स्वतन्त्रताको मागप्रति समर्थन जनाउँदै आफ्नो ऐक्यबद्धता प्रकट गरेको छ । प्रत्येक वर्ष ५ फेब्रुअरीमा मनाइने कश्मीर ऐक्यबद्धता दिवसका अवसरमा मोर्चाका अध्यक्ष फणीन्द्र नेपालद्वारा जारी गरिएको प्रेसविज्ञप्तिमा

पाकिस्तान र इन्डियाबीच काश्मीरका विषयमा जुन द्वन्द्व चल्दै अाएको छ , त्यसमा असंख्य कश्मीरीहरूले ज्यान गुमाएका छन् र तिनको बलिदानको सम्मान गर्नु विश्वका प्रत्येक स्वतन्त्रताप्रेमी मानिसको कर्तव्य हो भनिएको छ । विज्ञप्तिमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा विश्वमा जति पनि उपनिवेशहरू बाँकी छन् , तिनको स्वतन्त्रताका पक्षमा दृढतापूर्वक उभिनुका साथै एउटा राष्ट्रले अर्को राष्ट्रको जमिन कब्जा गर्ने र उपनिवेश कायम गर्ने प्रवृत्तिको कडा रूपमा निन्दा गर्दछ भन्ने उल्लेख गरिएको छ । मोर्चाले इन्डिया अधीनस्थ कश्मीरका जनताले स्वतन्त्रताका निम्ति गरेको संघर्षमा जिउज्यानको बलिदान गरेर जुन गौरवपूर्ण इतिहास रचेका छन् , त्यो सबैका निम्ति प्रेरणादायी रहेको भन्दै कश्मीरको विवादले विश्वकै ध्यान तानेको भए पनि संयुक्त राष्ट्रसंघ र सुरक्षा परिषद्ले हालसम्म यसको कुनै उपयुुक्त समाधान निकाल्न नसकेको परिस्थितिप्रति चिन्ता पनि प्रकट गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here