निर्माता मधुकुमार श्रेष्ठ समाज सेवामा

123

काठमाडौं  । यति बेला कोरोनाको तेस्रो लहरको त्रास छ । यस्तो अवस्थामा पनि कतिपय निर्माता धमाधम फिल्म छायांकन गरिरहेका छन् । कतिपय भने लगानी जोखिममा पर्ने भन्दै फिल्म निर्माणमा डराइरहेको अवस्था छ ।

निर्माता मधुकुमार श्रेष्ठ भने फिल्म बनाउने पैसा सर्वसाधारणको स्वास्थ्य उपचारमा खर्चिरहेका छन् । श्रेष्ठ विगत एक सातादेखि धादिङको गल्छी, थाक्र गाउँपालिका, धुनिबेशी नगरपालिका लगायत विभिन्न स्थानमा स्वास्थ्य टोली सहित शिविर अभियानमा छन् । जुन अभियान अन्तर्गत धादिङका विभिन्न स्थानमा स्वास्थ्य शिविर आयोजना हुनुका साथै घरदैलो उपचार अभियान समेत चलिररहेको छ ।

‘कोरोनाको डरको कारण अहिले मानिसहरु अस्पताल जान डराएर रोग लुकाउदै घरमै बस्न बाध्य छन् । त्यस्तो अवस्थामा स्वास्थ्य शिविर राम्रो हुने देखेर स्वास्थ्य टोली सहित धादिङ आएको हो’ श्रेष्ठले भने ‘केही दिनको लागि भनेर आएको एकसाता भइसक्यो । एक, दुई गर्दै अहिले धादिङका धेरै गाउँमा शिविर आयोजना भइसकेको छ ।’ शिविरमा स्वास्थ्य परिक्षणको अलवा औषधि समेत निःशुल्क वितरण गर्दै आएको श्रेष्ठले बताए ।

‘शिविरमा हामीले कोभिड टेष्ट समेत गर्ने गरेका छौ’ श्रेष्ठले थपे ‘स्वास्थ्य परिक्षणको क्रममा गम्भिर बिमारी देखिएकालाई अस्पताल पुर्याएर उपचार खर्च समेत दिइरहेका छौ ।’

श्रेष्ठले शिविर खर्च कुनै संघसंस्था वा एन्जियोबाट जुटाएर गरिरहेका छैनन् । जे जति खर्च हुन्छ आफ्नो ब्यक्तिगत रुपमा खर्च गरिरहेका छन् । बिहिबारसम्म यो अभियान अन्तर्गत करिव १२ सय बढीको स्वास्थ्य परिक्षण भइसकेको छ । तिनमा केही गम्भिर बिरामी समेत पाइएको थियो । जसलाई अस्पताल समेत पुर्याइएको छ ।

‘मैले नयाँ फिल्म निर्माणको सम्पुर्ण तयारी गरेको थिए । कोरोनाको कारण फिल्म रोकियो’ श्रेष्ठले भने ‘अहिले फिल्म बनाउनु भनेको लगानी डुबाउनु हो ।’ फिल्म बनाएर लगानी डुबाउनु भन्दा फिल्म बनाउने पैसा समाजसेवामा खर्च गर्नु राम्रो हो भनेर शिविर अभियानमा लागेको श्रेष्ठको भनाई रहेको छ ।

कोरोनाको पहिलो लहर र दोस्रो लहरको समयमा पनि अक्सिजन, स्वास्थ्य सामाग्री, खाध्यान्न राहात लगायतको सहयोग सर्वसाधरका लागि दिएका श्रेष्ठले आफ्नो गाडी समेत एम्बुलेन्स सेवाको रुपमा प्रयोग गरेका थिए ।

श्रेष्ठले ‘बजार’, ‘विन्दास’, ‘स्काउट’, ‘विन्दश २’ लगायत फिल्म बनाएका छन् । नेपाल फिल्म सोसाइटीमा समेत आवद्ध श्रेष्ठको आफ्नो संयोजनमा बिगत ५ बर्षदेखि अमेरिकामा नियमित ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ गर्दै आएका छन् ।

अहिले सोसाइटीबाट पाँचौ ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ आयोजनाको तयारीमा उनी जुटेका छन् । उनी गत निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट धादिङ क्षेत्र न १ को प्रदेशसभा (क) बाट प्रदेशसभाको उम्मेद्वार समेत बनेका थिए । तर निर्वाचनमा पराजित भए ।
श्रेष्ठले कोरोनाको पहिलो लहरदेखि अहिलेसम्म करिव ६४ लाख बढी समाजसेवाम खर्च गरेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here