नेपालमा हाल ४० हजार १११ जना सक्रिय सङ्क्रमित

68

काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सात हजार ८७४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा तीन हजार ४९१ जनाको एन्टीजेन परीक्षण गर्दा ५४८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार कुल ११ हजार ३६५ जनामा परीक्षण गर्दा पीसीआर र एन्टीजेन गरेर एक हजार ५७० जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा छ हजार १४६ जना सङ्क्रमण मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ८२७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मुलुकमा एक लाख ७८ हजार ५७९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै, नेपालमा हाल ४० हजार १११ जना सक्रिय सङ्क्रमित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here