काठमाडौं। मन्त्रिपरिषद्को बैठक बस्दै छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउसो ३ बजेका लागि बैठक बोलाइएको छ। आजको बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने बारे छलफल गर्ने छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि जेठ ४ गतेका लागि स्थानीय तहको चुनावको घोषणा हुनसक्ने बताइसकेका छन।


















