बेलायत सरकारकाे सहयोगमा थप आठ लाख ६२ हजार ८० डोज एस्ट्राजेनिका खोप आयाे

74
काठमाडौं । सोमबार नेपालमा थप आठ लाख ६२ हजार ८० डोज एस्ट्राजेनिका खोप आइपुगेको छ ।  बेलायत सरकारकाे सहयोगमा कोभ्याक्सअन्तर्गत २१ लाख ७४ हजार १६० मात्रा खोपमध्ये सोमबार आठ लाख ६२ हजार ८० मात्रा खोप आज बिहान काठमाडौं आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख डा. सुरेन्द्रले चौरसियाले जानकारी दिनुभयो ।

बाँकी १३ लाख १२ हजार ८० मात्रा खोप फ्रेबुअरी १४ तारिख अर्थात् फागुन २ गते आइपुग्ने डा. चौरसियाले बताउनुभयो ।  नेपालले विभिन्न माध्यमबाट अहिलेसम्म चार करोड ५७ लाख आठ हजार ६४० मात्रा खोप प्राप्त गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here