लागूऔषध २२.८ ग्राम ब्राउन सुगर बरामद

134

काठमाडौं । प्रहरीले लागूऔषध ब्राउन सुगरसहित तीनजनालाई काठमाडौंबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका-१० का २२ वर्षीय पासाङ छिरिङ शेर्पा, भोजपुर घर भई तारकेश्वर नगरपालिका-११ बस्ने २४ वर्षीय तेन्जिङ शेर्पा र भीमदत्त नगरपालिका कञ्चनपुर घर भई बुढानिलकण्ठ नगरपालिका-१० कपन बस्ने २७ वर्षीय खगेस खत्री छन् ।

उनीहरूको साथबाट २२ दशमलव ८ ग्राम ब्राउन सुगरसमेत बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here