कञ्चनपुरमा एक वडा अध्यक्षलाई कालोमोसो

171

धनगढी । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले कञ्चनपुरमा एक वडा अध्यक्षलाई कालोमोसो दलेका छन्।

जिल्लाको बेल्डाडी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष प्रेम खातिलाई कालोमोसो दलेका थिए ।

वडा कार्यालय भवनको भाडा एकठाउँ दिने अनि कार्यालय भने गाउँपालिका भित्र रहेको, सम्झौता बहुउद्देश्यीय र साना किसान लघुबित्तियलाइ जमिन सहित १५ लाख दिने निर्णय गरेको, मनोमानी तरिकाले कर्मचारी नियुक्ति गरेकाले, बसपार्कका लागि भनी ल्याएको गिट्टी बालुवा २७ टिप्पर बेचेकाले,सडक निर्माणमा आर्थिक अनियमितता गरेकाले, एकल महिलाका लागि २८ लाखमा बनाएको ४ कोठे भवनमा अनियमितता गरेको, वडा कार्यालयमा उपस्थित नभई सेवाग्राहीलाई दुख दिएको लगायतका काम गरेको भन्दै अध्यक्ष खातिलाई कालोमोसो दलिएको बिज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

facebook sharing button

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here