पेरुमा यात्रुवाहक दुर्घटना हुँदा २० जनाको मृत्यु हुँदा ३० घाइते

84

काठमाडौं । उत्तरी पेरुको ला लिबर्टाड विभागको पाटज प्रान्तमा यात्रुवाहक दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्। बस  सडकबाट करिब १०० मिटर गहिरो खाडलमा खसेको समाचारहरुमा उल्लेख छ।

क्षेत्रीय स्वास्थ्य विभागका अनुसार बस टायबाम्बा र ह्वान्कास्पाटाको एन्डियन शहरहरू बीचको ग्रामीण क्षेत्रमा दुर्घटना भएको हो। पिकाफ्लोर कम्पनीको अन्तरप्रदेशीय बस तायबाम्बाबाट ला लिबर्टाडको राजधानी ट्रुजिलो जाँदै गर्दा सडकबाट चिप्लिएको समाचारमा उल्लेख छ।

नजिकैका शहरमा बस्ने मानिसले घाइते यात्रुको उद्धार गरी तायबाम्बा, ह्वान्कासपाटा र ट्रुजिलोका स्वास्थ्य केन्द्रहरूमा लगेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here