जनयुद्ध दिवसको अवसरमा आइतबार सार्वजनिक बिदा

167

जनकपुरधाम । मधेश प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा आइतबार सार्वजनिक बिदा घोषणा गरेको छ ।

फागुन १ गते जनयुद्ध दिवस मनाउन मधेश प्रदेशमा सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले बताए। शुक्रबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै फागुन १ गते आइतबार जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशमा सार्वजनिक बिदा दिएको जानकारी गराए।

साह नेकपा माओवादी केन्द्रबाट मधेश सरकारमा सञ्चार मन्त्री हुन्। तत्कालीन विद्रोही नेकपा माओवादीले सशस्त्र विद्रोह सुरू गरेको दिनको सम्झनामा प्रत्येक वर्ष फागुन १ गते माओवादीले जनयुद्ध दिवस मनाउँदै आएको हो।

मधेश सरकारले जनयुद्ध दिवसको अवसरमा मधेशका प्रत्येक जिल्लाका ५ जना जनयुद्धका सहिदका परिवारलाई जनही एकलाख रुपैयाँ आर्थिक सहायतासमेत उपलब्ध गराउने तयारी गरेको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here