चुनावको मुखमा चोलेन्द्र शमशेर राणालाई बोकेर जान सकिदैन : भुसाल

90

काठमाडाैं । नेकपा एमालेका नेताद्वय भीम रावल र घनश्याम भुसालले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र एमसिसीलाई समर्थन गर्न नहुने भनि नेतृत्वलाई सुझाव दिएका छन्। संसदीय दलको जारी बैठकमा बोल्ने क्रममा रावलले एमाले एमसिसीविरूद्ध उभिनुपर्ने बताएका हुन्।

यस्तै नेता भुसालले चुनावको मुखमा चोलेन्द्र शमशेर राणालाई बोकेर जान नसकिने बताएका हुन्। बैठककै क्रममा केही समय बाहिर निस्किएका नेता भुसालले अहिलेको अवस्थामा चोलेन्द्रलाई बोक्न नहुने आफ्नो धारणा रहेको बताए। यस्तै नेता रावलले पार्टीले कुनै पनि हालतमा एमसिसीको समर्थन नगर्न र एमालेले त्यसको विरोध गर्नुपर्ने र पास नहुने गरी पार्टी अघि बढ्नुपर्ने धारणा राखेका थिए। यस्तै उनीहरूले अरू न्यायाधीशमाथिको महाअभियोगबारे पनि सोचेरमात्र कदम चाल्न नेतृत्वलाई सुझाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here