विप्लव नेतृत्वको नेकपासहित ६ दलले गरे भोलि फागुन ४ गते नेपाल बन्दको घोषणा

166

काठमाडौ /  विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहित ६ राजनैतिक दलहरुले राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध भोलि फागुन ४ गते नेपाल वन्दको घोषणा गरेका छन् ।

एमसीसी सम्झौतालाई षड्यन्त्रमुलक तरिकाले संसद वैठकवाट  पास गराउने षड्यन्त्र गरेको भन्दै नेकपा सहित ६ राजनैतिक पार्टीहरुले नेपाल बन्दको घोषणा गरेका हुन्।

नेपाल वन्द गर्ने राजनैतिक पार्टीहरुमा विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कटेल नेतृत्वको नेकपा , आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल रहेका छन् ।

त्यसैगरी नेकपाका विभिन्न जिल्ला समितिहरुले  भोलि फागुन ४ गतेको नेपाल बन्दलाई पूर्ण रुपमा सफल बनाउनका लागि सम्पूर्ण देशभक्त, राष्ट्रवादी, यातायात व्यवसायी, उद्योग, ब्यापारी, कलाकारखाना लगायतलाई सहयोग गर्न पार्टीको आधिकारिक सूचना सार्वजनिक गरी अपिल गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here