उपत्यकाबाट नेपाल बन्द गर्ने नेता तथा कार्यकर्ता गिफ्तार

112

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीसहित ५ राजनितिक दल र देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालले एमसीसी सम्झौतालाई षड्यन्त्रमुलक तरिकाले संसद वैठकबाट पास गराउने षड्यन्त्र गरेको भन्दै आज आह्वान गरेको नेपाल वन्दको कारण जनजीवन ठप्प भएको छ । नेपाल बन्दका कारण लामो र छोटो दूरीका सवारी साधान चलेका छैनन् ।

नेपाल कम्युनिष्ट पार्टी , मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कटेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले एमसीसी सम्झौतालाई षड्यन्त्रमुलक तरिकाले संसद बैठकबाट पास गराउने षड्यन्त्र गरेको भन्दै नेपाल बन्दको घोषणा गरेका हुन् ।

यसैबीच, सडकमा उत्रिएका बन्द आह्वानकर्ताहरुलाई प्रहरीले देख्ने बितिकै गिरफतार गर्न थालेको छ । यसक्रमा प्रहरीले चाबहिलवाट नेकपा माओवादी केन्द्र समाजवादीका अधक्ष कर्णजीतलगायत नेपाल कम्युनिष्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी)का नेता तथा कार्यकर्तालाई गिफ्तार गरेको छ भने कोटेश्वर र भक्तपुरवाट नेपाल कम्युनिष्ट पार्टीका  कार्यकर्तालाई गिरफ्तार गरिएको बताइएको छ भने ललितपुरबाट नेकपानिकट बिद्यार्थी नेता महेश्लागायात्लाई गिरफ्तार गरेको छ।यता, नेपाल बन्दका क्रममा जनगणतान्त्रिक सम्पर्क मञ्च समितिका केन्द्रीय सचिव टीका चाैधरीलाई प्रहरीले गिरफ्तार गरेको छ । उनलाई सामाखुसीबाट गिरफ्तार गरेको गणतान्त्रिक मञ्चले जनाएको छ । यसैगरी भक्तपुरकाे सल्लाघारीबाट बिहानै अखिल (क्रान्तिकारी) का भक्तपुर जिल्ला संयाेजक अशाेक महतरा गिरफ्तार भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here