काठमाडौ । टाेखा नगरपालिकाकाे वडा नं.२ र ३ का नेपालभाषा विषयबाट अध्यापन गराउन वडा नं ३ को सभाहलमा नेपाल भाषा शिक्षक प्रशिक्षण शिक्षक प्रशिक्षण सुरूभएकाे छ ।
करिव पाँच दिनसम्म चल्ने नेपाल भाषा शिक्षण प्रशिक्षणमा प्रशिक्षक प्रशिक्षणको शिक्षा युवा तथा खेल शाखा टाेखा नगरपालिकाको आयोजना र मातृभाषा संरक्षण अभियान तोखाको प्राविधिक सहकार्यमा शिक्षक प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि टाेखा नगर उप प्रमुख ज्ञानमाया डंगाेलले उद्घाटन गरिएकाे कार्यक्रममा मातृभाषा संरक्षण अभियान तोखाका अध्यक्ष श्रीकृष्ण मानन्धर, टाेखा नगरपालिका वडा २ का अध्यक्ष दिपक राज जोशी, टाेखा नगरपालिका वडा नं ३ का सदस्य हरिमान श्रेष्ठ टाेखा नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम गौतम लगायतले नेपाल भाषाको महत्त्वबारे धारणा राख्दै शुभकामना व्यक्त गरेका थिए ।

कामपा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीले १ सय ७२ शिक्षकका लागि महानगरकाे आफ्नै स्रोत साधनबाट राख्न लागेको जानकारी गराउँदै शिक्षक सेवा करारअन्तर्गत नियुक्त गरेर प्रत्येक वर्ष समयावधि थपिनेछ । कामपाकाे मातहतका विद्यालयमा १ सय ७२ नयाँ शिक्षक नियुक्ति गर्ने तयारी गरिसकेको जनाए ।

प्रशिक्षणको उद्घाटन गर्दै टाेखा नगर उप प्रमुख ज्ञानमाया डंगोलले टाेखा नगरपालिका वडा २ र ३ मा सम्पदा संरक्षण गर्ने अभियानका लागि स्थानीय नेपाल भाषाकै पाठ्यक्रम राख्ने निर्णय भए अनुसार नगरसभाबाट सर्वसम्मत निर्णय गरेर स्थानीय पाठ्यक्रम तर्जुमा गरेको जनाउँदै नेपाल भाषा नेवार समुदायको मात्र नभइ राष्ट्रिय भाषा हो। नेपाल भाषा नेवार समुदायको भाषा हो एउटा जातिको मात्रै भाषा हो भनेर सम्झिएर मनन गर्दा यो सोचबाट हामीले परिवर्तन गर्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा नेवाः विद्यार्थी युनियनका महसचिव प्रशान्त डंगोलले नेवाः विध्यार्थी युनियनकाे संयुक्त पहलमा वि.स. २०७३ सालमा अाफूहरूले काठमाडाैंकाे रत्न राज्य लक्ष्मी क्याम्पसमा बि.ए. तहमा नेपाल भाषा पुर्नस्थापना अभियान हुँदै काठमाडाैं महानगरपालिका, कीर्तिपुर नगरपालिका हुँदै ताेखा नगरपालिकामा समेत स्थानीय सरकारकाे संयुक्त, विशेष पहलमा टाेखा नगरपालिकामा पनि स्थानीय भाषाको रुपमा पढाइ शुरू गर्भकाे विषय भएकाे जनाए ।
अहिले रत्नराज्य लक्ष्मी क्याम्पसमा एम. तहमा अाफूहरूकाे सकृयतामा मास्तर्सकाे पढाइ सुरूकाे साथै नेपाल बि.ए. तहमा नेपालभाषा बिषयकाे भर्ना लिइरहेकाले भर्ना हुनका लागि विशेष अनुराेध गर्दै मातृभाषाकाे सेवा गरी संरक्षण, प्रर्वद्वन गर्नु सबै भाषासेवीकाे कर्तव्य रहेकाे जनाए ।
नेवा अभियन्ता कृतन श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा टाेखा नगर उप प्रमुख ज्ञानमाया डंगोल, टाेखा नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम गौतम, काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख राम प्रसाद सुवेदी,टाेखा नगरपालिकाका शिक्षा युवा तथा खेल शाखा प्रमुख खगेन्द्र सिंह धामी, नेवाः वस्ती नेवाः स्कुल अभियानका संयोजक दिपक तुलाधर, टाेखा नगरपालिकाका कानुनी सल्लाहकार बेखा नारायण डंगोल, टाेखा नगरपालिका वडा २ का अध्यक्ष दिपक राज जोशी, टाेखा नगरपालिका वडा नं ३ का सदस्य हरिमान श्रेष्ठ र सृजना आचार्य लगायत टाेखा नगरपालिका वडा २ र ३ का गरी ३० जना शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।




















