काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुने राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरण विराटनगरमा हुने भएको छ ।
एन्फा र विराटनगर महानगरपालिकाबीच बिहीबार विराटनगरमा लिग गर्ने विषयमा सम्झौता भएको हो । एन्फा अध्यक्ष कर्मा छिरिङ र विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
राष्ट्रिय महिला लिगको पहिलो चरणको खेल चितवनमा गर्नका लागि एन्फा र भरतपुर महानगरपालिकबीच सम्झौता भइसकेको छ । पहिलो चरणको खेलहरू चैत दोस्रो साता सुरु हुनेछ ।

















