जसपा फुटको संघारमा

104

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) मा डा. बाबुराम भट्टराई पक्षले केन्द्रीय समितिको बैठक बोलाउन माग गर्दै हस्ताक्षर संकलन गरेको छ । अध्यक्ष उपेन्द्र यादवले भने १३ फागुनमा कार्यकारिणी समितिको बैठक बोलाएका छन् ।

जसपामा संघीय परिषद्का अध्यक्ष डा. भट्टराई र अध्यक्ष यादवबीच चर्को विवाद छ । भट्टराईले अशोक राईको समेत साथ लिएर पार्टीमा बहुमत जुटाउने र कार्यकारी अधिकार लिने प्रयास गरेका छन् । तर अहिलेसम्म न राईले साथ दिएका छन्, न अध्यक्ष यादवले केन्द्रीय समितिको बैठक बोलाएका छन् ।

अध्यक्ष यादवले सोमबार भने १३ फागुनका लागि कार्यकारिणी समितिको बैठक भने बोलाएका छन् ।

कार्यकारिणी लगतै केन्द्रीय समितिको बैठक राख्नुपर्ने भट्टराई पक्षका नेताहरुको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here