नर्भिक इन्टरनेसनल हस्पिटलको निःशुल्क ओपीडी अभियान पुनः शुरू हुने

71
A view of building of Norvic Hospital in Thapathali, Kathmandu. Photo courtesy: Binaya Shreshta via Google maps

काठमाडाैं । कोभिड संक्रमणका कारण रोकिएको नर्भिक इन्टरनेसनल हस्पिटलको निःशुल्क ओपीडी अभियान यो सातादेखि पुनः शुरू हुने भएको छ ।

नर्भिक अस्पतालले कोभिडको तेस्रो लहर शुरू हुनुअघिदेखि प्रत्येक शनिवार विभिन्न विशेषज्ञ चिकित्सकहरूबाट प्रत्येक शनिवार निःशुल्क ओपीडी सेवा सञ्चालन गर्दै आएको थियो । सो अभियान कोभिडको तेस्रो लहर शुरू भएपछि केही साता बन्द गर्नुपरेको थियो ।

कोभिडको तेस्रो लहरको प्रभाव निकै न्यून भएसँगै नर्भिकले प्रत्येक शनिवारको फ्री ओपीडी सेवालाई पुनः सुचारु गर्ने निर्णय गरेको हो ।   यो निर्णयअनुसार भोलि (शनिवार) नर्भिक अस्पतालको युरोलोजी टिमले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्नेछ । यो दिन प्रा.डा. रविन जोशी, डा. इशान मल्ल नेतृत्वको युरोसर्जरी तथा युरोलोजी टिमले सेवा दिनेछ ।

केही साता रोकिएर पुनः सुचारु भएको निःशुल्क ओपीडी सेवा सञ्चालन हुने समय समेत परिवर्तन भएको छ । पहिले बिहान १० देखि १२ बजेसम्म यस्तो सेवा सञ्चालन हुने गरेकोमा अबदेखि भने बिहान ९ः३० बजेदेखि ११ः३० बजेसम्म (२ घण्टा) सञ्चालन हुनेछ ।   मृगौला, मूत्रनली र मूत्रथैलीमा पत्थरी र क्यान्सर, प्रोस्टेट, अण्डकोष र हर्नियाको समस्या भएका बिरामीहरूले निःशुल्क ओपीडीमा सहभागी भई निःशुल्क परामर्श सेवा लिन सक्नेछन् ।   निःशुल्क ओपीडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ तथा ह्वाट्स वा भाइबरबाट नाम टिपाउन चाहनेले ९८८०८८८००० मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here