रुसी सेनाद्वारा युक्रेनको दोस्रो ठूलो सहरमा क्षेप्यास्त्र प्रहार

141

काठमाडौं ।  रुसी सेनाले आवासीय क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरिरहेको युक्रेनको दोस्रो ठूलो सहर खार्किभका गभर्नरले बताएका छन्।

गभर्नर ओलेह सिहुबोभले रुसी सेनाले खार्किभको आवासीय क्षेत्रलाई मिसाइलले निशाना बनाएको बताएका हुन्। ग्राड मिसाइलहरू ट्रकबाट आर्टिलरी प्रणालीमार्फत् प्रहार गरिन्छ। यसबाट एकैपटक दर्जनौं रकेट प्रहार गर्न सकिन्छ।

सिनेहुबोभले टेलिग्राममा पोस्टमार्फत् भनेका छन्,‘ रूसी सेनाले यहाँ प्रशासनिक कार्यालय अगाडि दोबाटोमा गोली पनि चलाएको छ।’

अधिकारीहरूले सर्वसाधारणको जीवन र सम्पत्तिको क्षतिको अनुमान गरिरहेका छन्।

प्रशासनिक कार्यालयमा भएको आक्रमणमा ६ जनाको मृत्यु भएको स्थानीय आपतकालीन अधिकारीहरूले फेसबुकमा लेखेका छन्। जसमध्ये एक बालक पनि छन्। तर, यो दाबीको पुष्टि हुन सकेको छैन।

‘हाम्रो शत्रुसँग यस्ता कपटपूर्ण युद्ध अपराध गर्नुबाहेक अर्को विकल्प छैन। किनभने हाम्रो सेना बलियो छ र हामी आफ्नो रक्षा गरिरहेका छौं,’ सिनेहुबोभले भने।

जेनेभा सम्झौता अनुसार युद्धको समयमा यस्ता नागरिक लक्ष्यमा आक्रमण गर्नु युद्ध अपराध मानिन्छ। रुसले पनि यो सम्झौतामा हस्ताक्षर गरिसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here