बाँकेमा ‘नो एमसीसी’ शंकास्पद वस्तु डिस्पोजल

120

दाङ । बाँकेमा फेला परेको शंकास्पद वस्तु सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

खजुरा गाउँपालिका-३ मनकामनाचोकमा ‘नो एमसीसी’ लेखेको प्रेसर कुकर बम मंगलबार बिहान ७ बजे फेला परेको हो ।

स्थानीयले शंकास्पद रुपमा कपडाले बेरिएको अवस्थामा प्रेसर कुकर बम देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगतै नेपाली सेनाको टोलीले बिहान साढे ११ बजे डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

साे  प्रेसर कुकर बम कसले राखेको भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here