रुसी अर्बपति व्यापारीको ६० करोड अमेरिकी डलरको विलासी जहाज जर्मनीकाे नियन्त्रणमा

152

काठमाडौं ।  एक रुसी अर्बपति व्यापारीको ६० करोड अमेरिकी डलर मूल्य बराबरको विलासी जहाज जर्मनीले नियन्त्रणमा लिएको छ।

जर्मन अधिकारीहरूले रुसी अर्बपति अलिशेअर उस्मानोभको ६० करोड अमेरिकी डलर मूल्य भएको विलासी जहाज नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

फोर्ब्स म्यागजिनका अनुसार ह्याम्बर्गबाट १५६ मिटर लामो उक्त जहाज नियन्त्रणमा लिइएको हो।

धातु व्यापारी उस्मानोभ रुसका चर्चित २५ व्यक्तिमध्ये एक हुन् जो रुसी सरकारसँगको सम्बन्धलाई लिएर युरोपेली संघको प्रतिबन्धमा परेका छन्। रुसी स्वामित्वका अरू नौकाहरू माल्दिभ्सका रोकिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here