संसद भंग गरेर तीनै तहको निर्वाचन प्याकेजमा

131

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद भंग गरेर तीनै तहको निर्वाचन प्याकेजमा गर्नेबारे छलफल भइरहेको बताएका छन्।

आइतबारको संसद बैठकबाट बाहिरिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले ओलीको वितण्डा कति सहने भन्दै आफूहरूले संसद भंग गरेर तीनै तहको निर्वाचन प्याकेजमा गर्नेबारे छलफल गरिरहेको बताएका हुन्।

‘एमालेले हाउस चल्न पनि नदिने, भत्ता खाइरहने, हामीलाई पनि हैरान पार्ने, संसदमा केपी ओलीको वितणडा कति सहने’, नेपालले भने, ‘त्यसैले संसद भंग गर्ने संसद पनि रहन्न केपी ओलीको वितण्डापनि रहन्न।’  प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर संसद अवरोध गर्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here