भारत। राष्ट्रघाती सम्झौता एमसिसीको विरुद्धमा जस्तोसुकै मुल्य चुकाउन तयार रहेको प्रवासी जनसमाज भारतले चेतावनी दिएको छ ।
राष्ट्रघाती एमसिसी खारेज गर्न माग गर्दै आईतवार प्रवासमा रहेका नेपालीले भारतको कर्नाटकमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागी यस्तो चेतावनी दिएका हुन । प्रवासी जनसमाज भारत कर्नाटक राज्य समिति संयोजक तेजबहादुर तिरूवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) देशका लागि राष्ट्रघाती हुने र नेपाललाई विदेशी शक्तिको रणभूमि बनाउने भन्दै यसको खारेजीको लागि प्रवासमा रहेका सम्पूर्ण देशभक्त नेपालीलाई एक हुन आग्रह गर्नुभयो ।
उहाँले राष्ट्रघाति (एमसिसि) कुनै पनि हालतमा आफुहरूलाई स्कार्य नहुने र त्यसको लाई जस्तो सुकै मुल्य चुकाउन तयार हुने पनि बताउनुभयो । अन्तरक्रिया कार्यक्रममा सहभागीले राष्ट्रघाती सम्झौता एमसिसीको विरूद्वमा नेपालमा विप्लव नेतृत्वको नेकपा गरेको संघषमा आफुहरूले भौतिक, नैतिक, आर्थिक जस्तोसुकै सहयोग र समर्थन गर्ने प्रतिबद्धता गरेको त्यहाँबाट शिरशिरले जानकारी दिनुभयो ।
















