संचारकर्मी अञ्जान रानाको सवारी दुर्घटनामा मृत्यु

134

काठमाडौं । सिन्धुलीका चर्चित संचारकर्मी अञ्जान रानाको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ । आज सिन्धुली बाट खुर्कोट तर्फ गइरहेको राना सवार बाइक कमलामाइ २ स्थित ढुंङ्रेभञ्ज्याङ् बाट तल खस्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रहरीको पारम्भिक रिपोर्ट अनुसार संचारकर्मी राना सवार बाइक ओभरस्पीडका कारण अनियंत्रित भएर दुर्घटनामा परेको हो । रेडियो सिन्धुली गढिबाट पत्रकारिता थालेका उनी केहि समय अघि मात्रै रेडियो सिद्धबाबा एफ.एम मा आबद्ध भएका थिए ।

चर्चित पत्रकार ऋषि धमलाको प्राइम टिभिका जिल्ला सम्बादाता समेत रहेका अन्जान सिद्धबाबा टि.भिसंग पनि आबद्द थिए । प्रेस चौतारीका सहसचीव समेत रहेका अन्जान जिल्लामा सबै सङ्ग मिल्ने असल पत्रकार थिए ।

संचारकमी राजन गाउँले अन्जानका बारेमा प्रतिक्रिया दिदै भने, ‘इमानदार, लगनशिल, मेयनती र युवा पुस्ताको पत्रकारमा उदाउँदो तारा थिए ।’ स्वर्गीय मगर गोलन्जर गाउँपालिका ४ तीनकन्याका स्थानीय बासिन्दा हुन । २७ बर्षका स्वर्गीय संचारकर्मी अन्जानका एक श्रीमती र नाबालिका छोरी छन् ।

पत्रकार रानाको मृत्युप्रति दुःख ब्यक्त गर्दै पत्रकार महासघ सिन्धुलीका अध्यक्ष कृष्णहरि घिमिरेले दुःख ब्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here