आधारभूत पत्रकारिता तालिम तथा वैचारिक प्रशिक्षण कार्यक्रमको उद्घाटन

130

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जनपत्रकार संगठनका इन्चार्ज बसन्त श्रेष्ठ ९प्रज्वलन०ले सूचनाको पहुँच नै सबैभन्दा ठूलो हतियार भएको बताएका छन् । सूचनाका कारण विश्वमा मैहुँ भन्ने शक्ति पनि झुकेको दृष्ठान्त दिदै प्रज्वलनले पत्रकारसँग सबैभन्दा ठूलो सूचना हुने बताए ।

जनपत्रकार संगठन नेपाल उपत्यका प्रदेशले आयोजना गरेको आधारभूत पत्रकारिता तालिम तथा वैचारिक प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता प्रज्वलनले सूचनाको पहुँच भएकै कारण पत्रकार शक्तिशाली भएको बताए । कुनै बस्तुलाई बदल्नु छ भने पहिला त्यसलाई राम्रोसँग अध्ययन गर्न पर्ने भन्दै त्यो अध्ययननै सबैभन्दा ठूलो हतियार भएको उनको भनाई थियो ।

‘कुनै बस्तुलाई बदल्नु छ भने त्यसलाई बुझ्नपर्छ, त्यसको बनोट, छनोट, आकार र वास्तविकता बुझ्न जरुरी छ ।’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हामी नेपाली समाजलाई परिवर्तन गर्न चाहान्छौँ । संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना हाम्रो लक्ष्य हो । अब हामीले संसदीय व्यवस्थाको बारेमा गहिरिएर अध्ययन गर्दै नेपालको अहिलेको समाजिक चरित्र, भु–राजनीतिक अबस्थालाई गहिरोसँग केलाउन जरुरी छ ।’

यसरी अहिलेको संसदीय व्यवस्थाको चरित्रबारे बुझ्ने जिम्मेवारी पत्रकारको काँधमा आएको भन्दै जनपत्रकारहरुको कलम त्यता पट्टी केन्द्रीत हुनपर्ने उनको भनाई छ । साथै पत्रकारले वैज्ञानिक समाजवाद स्थापनाका लागि जनताले वुझ्ने भाषामा समाचार तयार पार्न पर्ने दायित्व पनि रहेको बताए ।

समाचार सामाग्रीमा समाचार मात्र हुँदैन दृष्टिकोण पनि आउने भएकाले पत्रकारहरुले समाचार र दृष्टिकोण दुबै तिर ध्यान दिनपर्ने उनको भनाई थियो । ‘साथै समाचारमा बर्गिय पक्षधरता र उद्देश्य पनि हुन्छ’ उनले भने ।

त्यस्तै कार्यक्रममा सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य तथा ललितपुर, भक्तपुर जिल्ला इन्चार्ज नविन विश्वकर्मा ९हितमान०ले पत्रकार पनि एउटा युद्ध मोर्चा भएको बताए । उनले यो मोर्चालाई व्यवस्थित रुपमा प्रयोग गर्न सके आधा युद्ध सजिलै जित्न सकिने बताए ।

साथै उनले जनपत्रकारहरुको काँधमा पुँजीवादी पत्रकारहरुको झण्डाफोर गर्नु पर्ने दायित्व पनि रहेको बताए । कार्यक्रमलाई संबोधन गर्दै जनपत्रकार संगठनका संयोजक शेरबहादुर विश्वकर्माले जनपत्रकारिता समाजिक उत्तरदायित्वको मुल प्रवाह भएकाले यसको रक्षाका लागि वर्गिय पक्षधरतालाई ख्याल गर्दै आवाज विहिनहरुको आवाजलाई बुलन्द पार्नुपर्ने बताए ।

उनले पार्टी अगाडि सारेको एकीकृत जनक्रान्तिको कार्यदिशालाई जनतामाझँ पुर्याउन जनपत्रकारको शसक्त भुमिका रहेकोसमेत बताए ।

कार्यक्रमको अध्यक्षता जनपत्रकार संगठन, उपत्यका प्रदेश सम्मेलन आयोजक समितिका संयोजक शोभराज बरालले गरेका थिए भने संचालन केशव संज्यालले गरेका थिए । पाँच दिनसम्म चल्ले तालिमका प्रशिक्षार्थीलाई संगठनका केन्द्रीय सदस्य शाहस भट्टले स्वागत मन्तव्यमार्फत स्वागत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here