रुस र युक्रेनबीचको युद्धले पेट्रोलियम पद्धार्थको निरन्तर मूल्य वृद्धि

122
काठमाडौं  । रुस र युक्रेनबीचको युद्धले पेट्रोलियम पद्धार्थको निरन्तर मूल्य वृद्धि भइरहेको छ । आज कच्चा तेलको मूल्य १३२ डलर प्रति ब्यारल सम्म पुगेको छ ।

अमेरिका र बेलायतले रुसको तेल किन्न छाडेका छन् । यसले झन् मूल्यमा असर परेको छ । अमेरिकाले विकल्पमा भेनेजुएलातर्फ ध्यान दिन वार्ता थालेको छ । बेलायतमा प्राकृतिक ग्याँसको मूल्यले किर्तिमान कायम गरेको छ ।

यूरोपमा ग्याँसको मूल्य अत्याधिक बढेको छ । गहुँ, मकैं, सनफ्लावर तेलको मूल्य आकाशिएको छ ।

विश्वभर युद्धको असर पर्दा आर्थिक संकटहरु देखिनथालेका छन् । युद्ध लम्बिदै गएमा विश्वभरको अर्थतन्त्रमा भयावह अवस्था आउने आँकलन गरिएको छ ।

कतिपय देशले रुस र युक्रेनको युद्धबाट अवसर खोज्न थालेका छन् । रुसबाट अमेरिका र यूरोपका बहुराष्ट्रिय कम्पनीहरु फर्किन थाल्दा चीनका कम्पनी पस्न थालेका छन् । भीसा कार्ड र मास्टर कार्डले रुसमा सेवा रोकेपछि चीनको युनीयन पसेको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कृषकहरुलाई रुस र युक्रेनबीचको युद्धमा अन्न बेचेर अवसर लिन भनेका छन् । गहुँ, मकैंलगायत अन्नको मूल्य वृद्धिसँगै माग बढेपछि भारतका किसान उत्साही भएका छन् । भारतबाट खाडी देशहरुमा अन्नको माग बढ्न थालेको छ ।

अन्नको आयात गर्ने नेपाल भने समस्यामा पर्न सक्ने देखिएको छ । विगतमा अन्न निर्यात गर्ने नेपाल पछिल्लो समय आयात गर्न थालेको छ । खेतहरु बाझो हुँदा यस्तो स्थिति आएको हो । पेट्रोलियम पद्धार्थको मूल्य वृद्धिले मासिक २५ अर्बभन्दा बढी रकम इन्डियन आयल कर्पोरेशनलाई तिर्नुपर्ने अवस्था सृजना भएको छ ।

युद्धले तेल उत्पादक देशहरुलाई ठूलो फाइदा हुन थालेको छ । साउदी अरब, इरान, इराक, सिरिया, क्यानडा, भेनेजुएला, कुवेत, कतार, युएईलगायतका देशहरुले धेरै धन आर्जन गर्न थालेका छन् । हतियारको व्यापार पनि फष्टाएको छ । हतियारको कारोबार गर्ने देशहरुले पनि अवसर देख्न थालेका छन् ।

रुस र युक्रेन भने युद्धले नोक्शानीमा परिरहेका छन् । विशेषगरी युक्रेनका शहरहरु ध्वस्त बनाइदैछन् । रुस र बेलारुसले पश्चिमा देशहरुबाट प्रतिबन्ध खेपेका छन् । यसले दूरगामी असर पर्ने देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here