११२ औं अंतरराष्ट्रीय नारी दिवस सम्पन्न

418

काठमाडाैं । अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज ( अनेसास) नेपाल च्सापटर तथा नारी साहित्य संस्था गुञ्जनको संयुक्त आयोजनामा भब्य कार्यक्रमको आयोजना गरि ११२औं अन्तरराष्ट्रीय नारी दिवस बिशेष काब्य बाचन सम्पन्न गरिएको छ । गुञ्जन साहित्य संस्था को अध्यक्ष जलेश्वरी श्रेष्ठको सभापतित्व तथा प्रमुख अतिथि साहित्यकार डा.बेञ्जु शर्मा एवं बिशेष अतिथी डा. राम प्रसाद दाहालको र अतिथि प्राज्ञ लक्ष्मी मालीको उपस्थितिमा बालुवाटार स्थित नेपाल हाउसमा कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा अनेसास नेपाल च्याप्टर अध्यक्ष सन्ध्या पहाडीले आयोजकको तर्फबाट सम्पूर्ण उपस्थित सर्जकहरुलाइ स्वगत मन्तब्य राखिएको थियो । मंतव्यका क्रममा बोल्दै अनेसास नेपाल च्यप्टर अध्यक्ष सन्ध्या पहाडीले नारी हकहित बिरुद्धमा अपमान, हिंसा र असमानताबारे कडा प्रतिवाद गर्न नारीहरूलाई जागरुक बनाउने दिनको रुपमा चित्रित गरिनुापर्ने आवश्यकतामा जोड गरिएको छ । नारी दिवस महिलाले आफ्नो आर्थिक, राजनीतिक अधिकार सुनिश्चितताका लागि अन्तर्राष्ट्रिय रूपमै संघर्ष गरेको ११२ बर्ष भइसक्यो । विश्व औद्योगिकीकरणसँगै संघर्ष गरेर समानता, सामाजिक न्याय, स्वतन्त्रता, हक–अधिकारको आवाज बुलंद गरिएको आजको दिन अन्ततः अन्तर्राष्ट्रिय महिला आन्दोलनको पृष्ठभूमि बन्यो जुन नेपाली समाजले आत्मसात गरिनु आवश्यक छ ।

आज समाजमा नारी मात्र पिडित छैनन् पुरुषहरु पनि पिडामा बाच्न बिवश छन् भन्दै राष्ट्रीय महिला आयोगकी अध्यक्ष कमला ओलीले समग्रमा मानबीय हक अधिकार सुनिश्चित हुनुपर्ने कुरामा जोड दिनुपर्ने आवश्यकता औंल्याइएको छ । ४० जना स्रष्टाहरुले समाजको बिषम बिषयमा आफ्ना रचना बाचन गरि कार्यक्रममा रौनकता प्रदान गरिएको थियो । प्रसिद्ध समाजशास्त्री एलविन टोफलरको यो भनाइ नेपाली समाजको लागि सान्दर्भिक देखिन्छ ‘ २१ सौ शताब्दीका निरक्षर ती हुने छैनन,जसलाई पढन लेख्न आउदैन। यो युगमा ‘निरक्षर मान्छे’ त ती कहलिने छन,जो – सिक्न, सिकेको कुरा फ्याक्न र फेरी सिक्ने कला जान्दैनन । ‘ हामीहरु अधिकारको नाममा कर्तब्य बिर्सिरहेका त छैनौं ? यो गम्भीर चासो र चिन्ताको बिषय हो ।नारी पुरुष फरक शारीरिक संरचनामा निर्माण गरिएपनि समान भावना र अशल कर्मका साथ अघि बढ्ने हो भने समुन्नत समाजको निर्माण गर्न सघाउ पुग्नेछ । आजको २१औं शताब्दीमा कोही कसैले कसैमाथि पनि दमन अपमान र तिरस्कार गरिनु हुंदैन । नारी पुरुष दुवेले सहअस्तित्वमा जोड दिंदै समझदारीपूर्ण रुपमा अधिकार पालना गरिनु पर्ने आजको आवश्यकता हो भन्दै कार्यक्रमको समापन गरियो । छोटो समयमा निर्णय गरि आयोजना गरिएको उक्त कार्यक्रमको संसोजन साहित्यकार रञ्जना निरौला द्वारा गरिएको थियो । कार्यक्रमको समापन पश्चात सहभागी हरुलाइ खाजाको राम्रो प्रबंध गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here