काठमाडौं । संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् ।
डिएसपी लालध्वज सुवेदीले १४ जनाको मृत्यु भएको पुष्टि भएको बताए । ‘१४ जनाको लाश भेटिएको छ, ५ जना घाइते भएका छन्,’ सुवेदीले भने, ‘मृतकको सनाखत भएको छैन ।’
मादी नगरपालिकाका मेयर विदुर कुमार लिंथेपले पनि १४ जनाको मृत्यु भएको र ५ जना घाइते भएको अनलाइनखबरलाई बताए । ‘१४ जनाको मृत्यु भएको छ । एकजना बच्चा हराइरहेको भनेर आफन्तले भनिरहेकाले खोजी भइरहेको छ,’ उनले भने ।
बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय उद्धारमा खटिएका थिए ।


















