केन्द्रीय कमिटी बैठकअघि चैत १ गते सचिवालयको र चैत ७ गते पोलिट्ब्युरो बैठक बस्ने एमाले केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले जनाए ।
राजनीतिक दलहरु स्थानीय चुनाव लक्षित गतिविधिको तयारीमा जुटेको बेला एमालेको बैठक बस्न लागेको हो।
सत्ता गठबन्धनका दलहरु मिलेर चुनाव लड्ने बताइरहँदा एमालेले भने एक्लै लड्ने बताउँदै आएको छ।


















