नयाँ नेपाली फिल्म ‘मीरा’ को नयाँ पोस्टर सार्वजनिक

187

काठमाडौं । यही चैत १० गतेदेखि छायांकन प्रारम्भ हुने नयाँ नेपाली फिल्म ‘मीरा’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।

शनिवार काठमाडौंमा आयोजित स्पर्श म्युजिक भिडियो अवार्ड वितरण समारोहमा रोशन कुमारद्वारा निर्देशन गरिने उक्त फिल्मको पोस्टर सार्वजनिक गरिएको हो ।

यसअघि नै फिल्ममा रमेश क्षेत्री, रजीना अर्याल, सुमन थापा, रबिना केसी, सरस्वती श्रेष्ठ, राजेश बिसुराल, शंकरलाल श्रेष्ठ, प्रकाश श्रेष्ठ, दिनेश शाही, प्रशान्त केसी, राहिणी मिश्र, करुणा बस्नेत, आरती बस्ने, राजु चौहान, अनिल दाहाल, समिक्षा खत्री, प्रेबिल कँडेल, समर पुरी, , सूर्य राई दनुवार, रितेश गुप्ता, लाल बहादुर लामा,निजल लामा,जोन क्षत्री आदि कलाकारहरुलाई अनुवन्ध गरिएको द लाइफ एक्सप्रेम मुभि मेकर्सका अध्यक्ष तथा फिल्मका निर्देशक रोशन कुमारले जानकारी दिएका छन् ।

‘मीरा’ एक निन्दनीय घटना बलात्कारको मुद्दालाई लिएर निर्माण गर्न लागिएको यथार्थवादी फिल्म हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here