संसदमा ४२ वटा विधेयक विचाराधीन

49

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद अवरोध नगर्न एमालेका सांसदहरुलाई अनुरोध गरेका छन्। संसद बैठकमा सभामुख सापकोटाले संसदमा ४२ वटा विधेयक विचाराधीन अवस्थामा रहेको भन्दै संसद अवरोध नगर्न आग्रह गरे।

उनले भने, ‘जनता र राष्ट्रका सरोकारका विषयमा अवरोधका कारण छलफल हुन सकेन। अवरोध अन्त्य गरी सभा सञ्चालनमा सहज गर्न विशेष अनुरोध गर्छु।’ सांसदहरुले सभामुख सापकोटाविरुद्ध पार्टी फुटाउन पाइँदैन भन्दै एमाले सांसदहरुले नाराबाजी गरिरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here