स्वास्थ्य उच्च अध्ययनमा जाँदा साधारण बिदा

120

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका कर्मचारीले उच्च अध्ययनमा जाँदा साधारण बिदा पाउने भएका छन् ।

मन्त्रालयले ‘आफ्नो पदको न्यूनतम शैक्षिक योग्यताभन्दा दुई तहमाथिको पदको योग्यताको लागि आवश्यक उच्च अध्ययनमा जाँदा असाधारण बिदा मात्र दिने’ भन्ने यसअघिको निर्णय यही फागुन ११ गतेदेखि बदर गरेको हो ।

मन्त्रालयले तीनै तह र स्वास्थ्य संस्थाहरूलाई सो निर्णय कार्यान्वयन गराउन पनि सूचित गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here