सीएसडब्ल्यूको ६६औँ अधिवेशनमा भाग लिन मन्त्री रेग्मी अमेरिका प्रस्थान

117

काठमाडाैं । महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सीएसडब्ल्यू) को ६६ औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी अमेरिका प्रस्थान गरेकी छन् ।

मन्त्री रेग्मी सँगै मन्त्रालयका सचिव, सहसचिव, महिला विज्ञ गरी छ जनाको प्रतिनिधिमण्डल अमेरिका प्रस्थान गरेका हुन् । मन्त्रिपरिषद् बाट स्वीकृत आठ जनाको भ्रमण टोली मध्ये दुई जना संयुक्त राष्ट्रसङ्घका प्रतिनिधि अमेरिकामै रहेकाले नेपाल बाट छ जनाको टोली न्यूयोर्क गएका हुन् ।
महिलाको स्थितिसम्बन्धी आयोगको ६६औँ अधिवेशन संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्यूयोर्कस्थित महासभा हलमा १४ देखि २५ मार्च २०२२ सम्म हुनेछ ।
ऋक्ध् ले महिला अधिकारको प्रवर्द्धन गर्न, विश्वभरि महिलाको जीवनको वास्तविकतालाई दस्तावेजीकरण गर्न र लैङ्गिक समानता र महिला सशक्तीकरणमा विश्वव्यापी मापदण्डहरू तयार पार्नमा महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ ।

मन्त्री रेग्मीले लैङ्गिक समानता र महिला सशक्तीकरणमा जलवायु परिवर्तन , वातावरणीय र प्रकोप जोखिम न्यूनीकरण नीति र कार्यक्रमहरूले पारेको प्रभावको बारेमा धारणा प्रस्तुत गर्नेछ । कार्यक्रम सकाएर मन्त्री रेग्मी सहितको टोली २१ मार्च २०२२ मा स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रीका प्रेस संयोजक राज कुमार लामाले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here