काठमाडाैं । चलचित्र ‘कौसिद’को प्रदर्शन मिति तय गरिएको छ ।
चलचिको क्यारेक्टर पोष्टर सार्वजनिक गर्दै आउने वर्षको जेष्ठ २७ गतेबाट चलचित्र प्रदर्शनमा आउने जानकारी गराइएको हो । पोष्टरमा अभिनेत्री ऋचा शर्मालाई प्रस्तुत गरिएको छ ।
अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा बनेको चलचित्रलाई कुमार भास्करले निर्देशन गरेका हुन् । चलचित्रमा भोलाराज सापकोटा र ऋचा शर्मासँगै रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराईलगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रका निर्माता केदार भुसाल हुन् भने कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ र सह–निर्मातामा लक्ष्मण बानियाँ छन् । निर्देशक भास्करकै पटकथा रहेको चलचित्रमा नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाको कथा रहेको छ । निसाल पौडेलले छायांकन गरेको फिल्ममा मित्र डि. गुरुङ र भीम विश्वकर्माको सम्पादन रहेको छ ।















