सरकारले जतिसुकै गफ लगाए पनि देशको आर्थिक अवस्था कस्तो छ भन्नेबारे स्पष्ट संकेत मिल्ने गरी बैंकहरुले अवस्था सार्वजनिक गरेका छन् । वाणिज्य बैंकहरुले चैत महिनामा व्याज नबढाउने घोषणा गरेका छन् । योसँगै सहकारीहरुको व्याज पनि नबढ्ने भएको छ । बैंकहरुबीच चैतमा व्याज नबढाउने विषय बाहिरिने बित्तिकै सहकारी अभियानकर्मीहरु पनि व्याज बढाउनु पर्छ भन्ने लविङबाट पछि हटेका छन् ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले सहकारीको व्याजदर तत्काल नबढ्ने जनाएका छन् । उन्ले भनेका छन् ९‘हामीले बैंकहरुको व्याज हेरेर सहकारीको व्याजदर निर्धारण गर्ने हो, बैंकहरुले नबढाउने सहमति गरेका छन्, अब सहकारीको पनि बढ्दैन, अस्तिको छलफलमा पनि तत्कालको लागि १६ प्रतिशत कायम गरिएको थियो, केही समयपछि भने सो व्याजदर पुनरावलोकन हुनेछझ।
उनले नेपाल सहकारी पत्रकार समाज, राष्ट्रिय सहकारी महासंघ, नेपाल र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा सहकारी क्षेत्रको समसामयिक विषयमा सञ्चारकर्मीसँग छलफल कार्यक्रममा यस्तो धारणा राखेका हुन् । उनका अनुसार वाणिज्य बैंकहरुले व्याज बढाए मात्रै सहकारीको सन्दर्भ व्याजदर बढ्नेछ ।‘हिजो सहकारीको सन्दर्भ व्याजदर १४।७५ प्रतिशत हुँदा पनि सहकारीहरुले ११र१२ प्रतिशतमै कर्जा लगानी गरेको थिए, त्यतिखेर तरलताको सहज अवस्था थियो, तर, अहिले असहज अवस्थामा पनि सहकारीले १६ प्रतिशतमा दिएका छन्, बैंकहरुले नै १६ प्रतिशतमा दिएको विषय हामी सुनिरहेका छौं,’ उनले भने ।
उनले सहकारी अभियान र सञ्चारकर्मीको समन्वय आवश्यक रहेको जनाए । उनले दिनप्रतिदिन सहकारीमा आकर्षण बढेकोले अब यसको विश्वसनीयतालाई बढाउन सबैले आ–आफ्नो ठाउँबाट लागि पर्नु पर्नेमा पनि जोड दिए ।
अब सहकारी अभियान र सञ्चार क्षेत्रको साथ सहयोग र समन्वय हुन आवश्यक छ, सहकारी क्षेत्र पनि अधुरो छ, यसमा सुधार गर्न आवश्यक छ, केही सहकारीका कारण सबै सहकारी बदनाम हुनु परेको अवस्था पनि उनले संकेत गरे । कार्यक्रममा महासंघका पूर्व अध्यक्ष केशबप्रसाद बडालले सहकारी अभियान यथार्थपरक ढंगले लाग्नु पर्नेमा जोड दिए । ‘सहकारी अभियान सामाजिक व्यवसाय नै हो, राज्यको चौथो अंग र सहकारी अभियान मिलेर अगाडि जानुपर्ने आजको आवश्यकता हो, बडालले भने । उनले सहकारीहरुले वाणिज्य बैंकको एकाधिकार तोडेको पनि खुलासा गरे । ‘विगतका दिनहरुमा सर्वसाधारणले वाणिज्य बैंकबाट ऋण पाउन सक्ने अवस्था थिएन, हुनेखानेले मात्रै ऋण पाउँथे, जब सहकारीहरुले आफ्नो काम सुरु गरे त्यसपछि मात्र वाणिज्य बैंकहरु ऋण लिइदिनु पर्यो भनेर घरमै आउँछन्, यो वातावरणको सिर्जना सहकारीले गरेको हो, बडालले भने । यो अवस्थाले नै स्पष्ट गर्छ सहकारीको प्रभावकारिता । तर पनि सहकारीबारे जानकारी सहकारीमा लागेका ब्यवशायीहरुमा पनि छैन भन्ने स्पष्ट हुन्छ । सहकारी संचालकहरु नै सहकारीको मर्म बिपरित काम गरिरहेका छन् । सहकारी अभियानलाई समूहको हितमा प्रयोग गर्ने हो । समूहद्वारा संचालित र समूहकै हितमा काम गर्ने सहकारीको मुख्य लक्ष हो । तर यो गलत तरिकाले प्रयोग भैरहेकाले समूहले यसबाट लाभ लिन सकेका छैनन् , सबैलाई चेतना भया १


















