मुलुकलाई निकास दिन गठबन्धन सरकार निर्माण

125

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकलाई निकास दिन गठबन्धन सरकार निर्माण भएको बताउनुभएको हो।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर १० ले आज यहाँ आयोजना गरेको ‘पार्टीको संरचना र वर्तमान दायित्व तथा एमसिसी’ विषयमा आयोजित प्रशिक्षण कार्यक्रममा उहाँले संविधानको रक्षा गर्दै मुलुकलाई निकास दिन वर्तमान गठबन्धन सरकार निर्माण भएको बताउनुभएको हो।

‘केपी ओली सरकारले जनताबाट पाएको जनमतको अपमान गरी संविधानविपरीत चलेपछि मुलुकलाई निकास दिन कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार निर्माण भएको हो’, उहाँले भन्नुभयो। गठबन्धन सरकार कांग्रेसको चाहना नभई मुलुकलाई निकास दिनका लागि बनेको उहाँको भनाइ थियो। रासस

पार्टीका पूर्वमहामन्त्री सिंहले आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पार्टीको कार्यकर्ताको भावनालाई बुझेर गठबन्धनबारे निर्णय लिने बताउनुभयो। उहाँले हरेक राजनीतिक परिवर्तनको नेतृत्वकर्ता कांग्रेस भएको बताउँदै कांग्रेसले देशलाई सङ्कट पर्दा निकास दिँदै आएको उल्लेख गर्नुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here