-राज्यलक्ष्मी शाक्य
उत्पादन, रोजगारी, बचत, निर्यात, स्टकमार्केट जस्ता आर्थिक विकासका सुचकहरु कोरोनाका कारण एम्बुसमा परेका छन्। उत्पादनशील क्रियाकलापहरु ठप्प छन्। समग्र विश्वको सामाजिक, राजनीतिक, आर्थिक, साँस्कृतिक, पर्यटन, उद्योग लगायत क्षेत्रले अभुतपूर्व धक्का व्यहोर्नु परिरहेको छ।सबै भन्दा प्रभावित शिक्षाक्षेत्र बनेको छ , बिद्यार्थीहरु धेरै पछाडि परेका छन्, जो भोलिको बिश्व हाँक्ने पुस्ता हो १
यतिबेला विश्वकै शैक्षिक क्षेत्रले अत्यन्तै विकराल र भयावह परिस्थितिको सामना गर्नु परिरहेको छ। नेपाल पनि त्यसबाट अछुतो छैन। तुर्कमेनिस्तान, ताजिकिस्तान र बेलारुस लगायतका केही देशहरू बाहेक विश्वभरका सम्पूर्ण विद्यालय, कलेज र विश्वविद्यालयहरु प्रभाबित रहेका छन्।
विश्वका १९२ देशहरुले राष्ट्रव्यापी र सात देशले स्थानीय रूपमा शैक्षिक संस्थाहरु बन्द गरेर अनलाईनका नाममा कक्षा संचालन गरे। विश्वभर करिब २ अर्ब निकटको संख्यामा विद्यार्थीहरुको दैनिक पठनपाठन र नियमित परीक्षाको तालिका अबरुद्ध भएको तथ्यांक निकालिएको छ ।
१ अर्ब ५७ करोड ५२ लाख ७० हजार ५४ विद्यार्थीहरु राष्ट्रव्यापी विद्यालय बन्दको प्रभावमा परेका छन् भने बाँकी विद्यार्थीहरु स्थानीय रूपमा गरिएका बन्दको प्रभावमा परेका छन्। क्यानडा, अमेरिका, रुस लगायतका केही देशहरुमा भने राष्ट्रव्यापी रूपमा विद्यालयहरु बन्द नभई राज्य वा स्थानीय स्तरबाट बन्द भए।
विद्यालयरकलेजहरु बन्द भएका कारण कतिपय देशहरूमा विद्यार्थीहरु विशेषगरी छात्राहरु घरेलु तथा अन्य हिंसाको शिकार हुनु परेको तथ्य युनेस्कोले सार्वजनिक गरेको छ। अझ यस प्रकारको हिंसा अल्पविकसित र अफ्रिकन मुलुकहरूमा बढी रहेको जनाइएको छ।
विश्व प्रभावितको यो गणनाभित्र नेपाल पनि परेकै छ। नेपालमा कोरोना भाइरस संक्रमणको अवस्था महामारीकै चरणमा नभएता पनि संक्रमणको जोखिम बढ्न सक्ने खतराका कारण सम्पूर्ण शैक्षिक संस्थाहरु लामो समयसम्म बन्द भए । विद्यालय तहमा देशभरका सामुदायिक र निजी लगानीका कुल ३५ हजार ५५ वटा विद्यालयका ७२ लाख १४ हजार विद्यार्थीहरु र उच्च शिक्षाअन्तर्गत विभिन्न ११ विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतका एक हजार ४२५ कलेजमा अध्ययनरत ४ लाख ८६ हजार विद्यार्थीहरु घरमै बस्न बाध्य भए ।
परीक्षाको स्थगन र अर्को तालिका प्रकाशित हुने अनिश्चितताका कारण एसइईको तयारीमा रहेका ४ लाख ८२ हजार ७ सय ७ जना विद्यार्थीहरु, अब के हुने हो भन्ने मनोवैज्ञानिक आतंकमा परे । यस्को नकारात्मक परिणाम पछिसम्म पर्ने निश्चित छ ।
मुलुकको सुखद भविष्यको जगको रूपमा रहेको शिक्षा प्रणालीलाई यस्तो संकटपूर्ण अवस्थामा समेत कसरी अद्यावधिक र नियमित गर्न सकिन्छ भन्ने सन्दर्भमा विद्यार्थी आन्दोलनबाट स्थापित अनुभवी र योग्य नेतृत्वहरुको जिम्मेवारी पनि बहन भएको पाईएन ।
हालसम्म भाइरस उत्पत्तिको कारण, यसको निर्मूलिकरणका लागि चाहिने औषधि निर्माण हुन सकेको छैन। विभिन्न वैज्ञानिकहरु यस विषयमा खोज, अध्ययन, अनुसन्धानमै लागिपरिरहेका छन्।
मानव समुदायले अझै लामै समय यो असहज परिस्थितिको गुलाम भएर रहनुपर्ने बाध्यता देखिएको छ। यो परिस्थिति बाढी पहिरो, आगलागी, आँधी हुरी, भूकम्प आदि प्राकृतिक प्रकोपको जस्तो पनि होइन । कुनै आन्दोलन वा क्रान्तिको समय जस्तो पनि होइन।
कोरोना भाइरसले अझैँ कति क्षति हुने हो रु नयाँ भाईरस बिकास हुन्छ कि हुँदैन रु कोही स्पष्ट छैन । अनुमान गर्न सकिने अवस्था छैन। त्यसैले यो असहज र कठिन अवस्था अझैँ लामो समयसम्म रहिरहने खतरा रहने निश्चित छ ।
पछिल्लो वर्षहरुको तथ्यांकअनुसार विद्यार्थीहरुमा पढ्ने सँस्कृति हराउँदै गइरहेको, बीचमै पढाई छोड्ने क्रम बढिरहेको, शैक्षिक सुशासन कमजोर हुँदै गइरहेको अवस्थामा लामो समयसम्म विद्यार्थीहरुलाई नियमित शैक्षिक क्रियाकलापबाट टाढा राख्ने विषयले भविष्यमा डरलाग्दो असर पर्न सक्छ। नेपालको शिक्षा क्षेत्र भित्रको यो डरलाग्दो तस्बिर संकटको यस घडीमा नेपालको शैक्षिक प्रणालीलाई कोमामा पुग्न नदिन हेलचेक्र्याइ गर्नु हुन्न भन्ने गम्भीर सिकाई पनि हो। जनधारणा साप्ताहिकबाट


















