पारस र साबित्रासहित यी खेलाडी उत्कृष्ट भए

146

काठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का दशककै सर्वोत्कृष्ट खेलाडी बनेका छन्। एनएसजेएफ पल्सर स्पोर्टस अवार्डअन्तर्गत पारस दशकको सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन्।

यस्तै नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी दशककै सर्वोत्कृष्ट महिला खेलाडी घोषित भएकी छन् भने जगत टमाटा दशककै सर्वोत्कृष्ट प्रशिक्षक बनेका छन्।

नेपाली राष्ट्रिय फुटबल टोलीले ‘टिम अफ दी इयर’को सम्मान प्राप्त गरेको छ। यसैगरी टेबलटेनिस खेलाडी एलिना महर्जनले पिपल्स च्वाइस अवार्ड जितेकी छन् भने  सरिता थुलुङ पारा स्पोर्ट्स अनरबाट सम्मानित भएकी छन्।

एसियाली खेलकुद पत्रकार महासंघका अध्यक्ष कुवेती पत्रकार सताम अल सेहली एसियाली खेलकुद पत्रकार अवार्डबाट सम्मानित भएका छन्।

यस्तै गोल्डेन सेल्युट अवार्ड (लाईफ टाइम अचिभमेन्ट अवार्ड) शरद चन्द्र शाह (मरणोपरान्त)लाई प्रदान गरिएको छ भने अजय राणा स्पेशल अवार्डबाट सम्मानित भएका छन्।

मंगलबार प्रज्ञा भवनमा आयोजित अवार्ड वितरण कार्यक्रममा हाँस्य कलाकार मनोज गजुरेल, गायक सत्यराज आचार्य, स्वरुपराज आचार्यलगायतले आफ्नो प्रस्तुतिसमेत दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here