जनसांस्कृतिक महासंघको आयोजनामा २४ औं सांस्कृतिक प्रतिरोध दिवस सम्पन्न

146

काठमाडौं । काठमाडौंको मुटुमा रहेको आर आर क्याम्पसमा अखिल नेपाल जनसांस्कृतिक महासंघको आयोजनामा २४ औं सांस्कृतिक प्रतिरोध दिवस गत शनिवार सम्पन्न भएको छ।

शोभा दुलालको सभापतित्वमा संचालन कार्यक्रमका प्रमुख बक्तामा वेपत्ता परिवार तथा वरिष्ठ अधिवक्ता एकराज भण्डारी रहेको थियो।

त्यस्तै नेकपा केन्द्रीय स्कुलिन विभागका सदस्य क.विपिन, काठमाडौ जिल्ला पार्टी नेकपाका सेक्रेटरी क. तुल्सिनारायण,भक्तपुर जिल्ला सेक्रेटरी क. विजय, जनसांस्कृतिक महासंघका महासचिव क.खेम थपलिया, अ ने म संघका महासचिव क.राजकुमारी, युवा संगठन नेपालका केन्द्रीय महासचिव क.विदुसि, किसान महासंघका क.हरि श्रेष्ठ, श्रमिक समुदाय मोर्चाका क.त्रिलोचन लुहार लगायत थुप्रै बक्ता तथा कमरेडहरुको उपस्थिति रहेको थियो।

मन्तब्यको साथसाथै जनवादी साहित्यिक रचना समेत प्रस्तुत  गरिएको थियो सो कार्यक्रममा बिचबिचमा सामनाका कमरेडहरुले सांस्कृतिक प्रस्तुत गरेको थिए। कार्यक्रमको संचालन क.आरोहले गर्नु भएको थियो। जितेन्द्र महर्जन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here