काठमाडौं । बैंकिङ कसूर मुद्दामा एकजना फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ घर भई काठमाडौं महानगरपालिका–१७ क्षेत्रपाटी बस्दै आएका ३८ वर्षीय रगुन खड्केलाई बुलबार सीआईबीको टोलीले भिमसेनगोलाबाट पक्राउ गरेको हो ।
खड्केले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानी–जानी विभिन्न मितिमा चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो ।


















