नेपाल कम्युनिष्ट पार्टीको राष्ट्रिय सम्मेलन सम्पन्न, ५५ सदस्यीय केन्द्रिय समिति निर्वाचित

102
काठमाडाैं ।  नेपाल कम्युनिष्ट पार्टीको एकताको दोश्रो राष्ट्रिय सम्मेलन जनकपुर २०७८ पौष १७–१९मा सञ्चालन भए पनि सम्मेलनमा प्रस्तुत विधान संशोधन प्रस्ताव र राजनीतिक प्रतिवेदन पारित हुनसकेको थिएन। आर्थिक प्रतिवेदन तथा राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिबारे महत्वपुर्ण कुनै प्रस्ताव नै प्रस्तुत नभएको र केन्द्रिय समितिको निर्वाचन प्रकृयासम्म पनि शुरू हुन नसकी सम्मेलन स्थगित भएको थियो । यसरी अपूर्ण रहेको सम्मेलनलाई सम्मेलनको बन्द सत्रले चैत्रको दोश्रो सातासम्ममा पुनः आयोजना गरी पूर्णता दिने निर्णय गरी सम्मेलन स्थगन भएको थियो। सोही निर्णय अनुसार उक्त स्थगित दोश्रो राष्ट्रिय सम्मेलन यही २०७८ चैत्र ११ र १२ गते जनकपुरमा विधिवत् सम्पन्न भएको छ ।
सम्मेलनले राजनैतिक प्रतिवेदन, नयाँ जनवादी कार्यक्रम उन्नयन (अपडेट) सम्बन्धि प्रस्ताव, विधान संशोधन प्रस्ताव,  आय–ब्यय विवरण प्रतिवेदन तथा राष्ट्रिय अन्तर्राष्ट्रिय महत्वका समसामयिक प्रस्तावहरु, महत्वपूर्ण सुझाव र संशोधनसहीत पारित गर्दै विधिपूर्वक क. लोकनारायण सुवेदीको अध्यक्षतामा ५५ सदस्यीय केन्द्रिय समिति निर्वाचित गरेको छ ।
निर्वाचित केन्द्रिय समितिको उपाध्यक्षमा क. भीम प्रसाद सेढाईं, महासचिवमा क. शरणविक्रम मल्ल, सचिवद्वयमा क. महेन्द्र जोशी र क. रामदुलार महतो तथा कोषाध्यक्षमा क. सीता सुवेदी एवं सचिवालय सदस्यहरुमा क. भीमकुमार बान्तवा, क. भूमिप्रसाद ढुंगाना, क. बद्रीनाथ अधिकारी, क. नरेन्द्रबहादुर तण्डुकार र क. चन्द्रदेव रामको चयन भएको छ  ।
केन्द्रिय समितिका सदस्यहरुमा क. तेजबहादुर मल्ल, क. देवीप्रसाद आचार्य, क. प्रवीण जोशी, क. गंगा कार्की, क. कमला सेढाईं, क. गणेश कुमार खड्का, क. तिलकबहादुर कटुवाल, क. शुकदेब चौधरी, क. दमन कटुवाल, क. धर्मेन्द्र चौधरी, क. रामकुमार चौधरी, क. दिलसाद अहमद खाँन,  क. दुखीलाल चौधरी, क. गोविन्द बहादुर गुरुङ्ग, क. शंकर सदा, क. जयलाल पाख्रिन, क. सूर्यनारायण दास, क. परमेश्वर मण्डल, क. शंकर दास,  क. भरत मल्ल ठकुरी, क. नवराज श्रेष्ठ, क. हरिबहादुर खत्री, क. सन्देश भटराई, क. सुशील ढुंगाना, क. रोहित कोइराला, क. राजकुमार राम, क. सन्तोष साह, क. बिद्या उपाध्याय, क. रिता मल्ल, क. दाडोमा शेर्पा, क. ज्योति गिरी, क. गीता थापा, क. गीता राई, क. देविका कुमारी मगर, क. फुलवती चौधरी, क. नन्दिनी देवी सदा, क. नूरजहाँ खातुन, क. लक्ष्मीदेवी, क. कमला आचार्य, क. लालोदेवी दनवारनी, क. सावित्री देवी पासवान, क. बरुणा राणा, क. हेमकुमारी मगर, क. यशोदा लुंगेली मगर निर्वाचित हुनु भएको छ ।
त्यसैगरी सम्मेलनले राष्ट्रिय परिषद सदस्यहरु पनि चयन गरेको छ । राष्ट्रिय परिषदमा केन्द्रिय समितिका सदस्य पदेन रहने गरी चयन गरिएका थप सदस्यहरुमा क. मुन्सिलाल दास, क. डण्डिराम तिमल्सिना, क. तोयाराज अधिकारी, क. एसबी कडारी, क. अशोक सदा, क. गोपाल खरेल, क. नारायण कटुवाल, क. डा. पशुपति चौधरी, क. राधासिंह अहिर, क. राधेश्याम चौधरी, क. टंक कटुवाल, क. युवराज लिम्बु, क. राजकुमार बस्नेत, क. बद्रीविशाल यादव, क. किसन महरा, क. बिमल शर्मा, क. निरोज ढुंगेल, क. राज कुमार सिंह, क. ललितमान पाख्रिन, क. बामुराम थापा,  क. नशिम खान, क. रामश्रीष महरा र क. शिवबहादुर मण्डल हुनुहुन्छ ।
नेपाली जनता र राष्ट्रको मुक्ति र प्रगतिको निमित्त समर्पित कमरेड पुष्पलालद्वारा मार्क्सवाद लेनिनवाद माओ विचारधाराका आधारमा प्रतिपादित विचार, सिद्धान्त, नीति र कार्यक्रमलाई अझ बढी आत्मसात गर्दै नयाँ जनवादी क्रान्ति सम्पन्न गरी बैज्ञानिक समाजवादको उन्नत र अग्रगामी दिशामा जाने आधार तयार गर्न आमूल परिवर्तनकारी दिशामा संघर्षशील रहन र दत्तचित्त भएर अघि बढ्ने सम्मेलनले सर्वसम्मत निर्णय लिएको छ । यस दिशामा अघि बढ्नका लागि सम्मेलनले सबै खाले अवसरवाद, संसदवाद र विसर्जनवादका विरुद्ध सैद्धान्तिक संघर्ष चलाउने कुरामा पुन: जोड दिएको छ ।
एमसीसी जस्ता राष्ट्रघाती सम्झौताहरूको तीब्र विरोध गर्दै र यसको संसदबाट खारेजी र फिर्ता गर्न जोडदार माग गर्दै राष्ट्रियताको सुदृढीकरण, स्वाधीनताको रक्षा, जनतान्त्रिक अधिकार र नागरिक स्वतन्त्रताको अभिवृद्धि एवं जनजीविकाका समस्यालाई लिएर खाशगरी देशको मूख्य उत्पादक किसानका वर्गका जल्दाबल्दा राष्ट्रिय समस्या हल गर्दै जान सशक्त संयुक्त संघर्ष चलाउन निरन्तर पहल गर्ने र संघर्षमा कार्यगत बामपन्थी एकता र आवश्यक संयुक्त मोर्चा खडा गर्न पनि शतत् प्रयत्नरत रहने सम्मेलनले जनादेश दिएको छ ।

सम्मेलनले राष्ट्रिय पूँजीको संरक्षण, सम्बर्धन र अभिबृध्दि गर्न राष्ट्रिय पूँजी बिशेष कार्यक्रम तय गरी लागु गर्ने समेत निर्णय लिएको छ ।

पार्टीले संसदीय निर्वाचन लगायतका निर्वाचनलाई वर्ग संघर्षको एउटा थलोकोरुपमा लिँदै आएको भए पनि यसलाई विभेदपूर्ण र असमान कानुन बनाएर संसदमा रहेका कथित राष्ट्रिय मान्यता प्राप्त दलहरुलाई निर्वाध चुनाव चिन्ह दिने अरु दलहरुलाई चुनाव चिन्ह नदिएर अराष्ट्रिय करार गर्ने बिल्कुलै गलत परिपाटी चलाएको छ । चुनावमा अत्यन्तै असीमित खर्च गरेर सर्वत्र भ्रष्टाचार, तस्करी, कालाबजारी र माफियागिरीको बिगबिगी चलाउने गरेको र जनतामाथि त्यसको बोझ थोपर्ने काम गरेको छ । यसरी यसलाई आम जनताको चुनाव हुन नदिएको र हाम्रो पार्टी — नेपाल कम्युनिष्ट पार्टी — लाई दर्ता समेत नदिएर बहुमतको अनादार गरेकोले दलीय आधारमा चुनावमा जाने बाटो नै बन्द गरिदिएको छ । बहुदलीय ब्यवस्थामा यस्ता निर्दलीय राजनीतिक अराजकताको यो सम्मेलन घोर विरोध गर्दछ ।

पार्टीको निकट सहयोगी क्रान्तिकारी दस्ताकोरुपमा यूवा शक्तिलाई परिचालन गरी जनता र राष्ट्रको हितमा उनीहरुलाई वर्ग संघर्ष, उत्पादन संघर्ष र वैज्ञानिक प्रयोगको दिशामा अग्रसर तुल्याउन एक “नेशनल यूथ फोर्स” को गठन गर्ने आधार, औचित्य र आवश्यकता तथा यसको ब्यवस्थापन र परिचालनका लागि एक दस्तावेज तयार गर्न कार्यदल गठन गर्ने समेत सम्मेलनले महत्वपूर्ण जनादेश दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here