कतार विश्वकप २०२२ मा यी पाँच ५ टाेली छनाैट हुन बाँकी !

121

२०२२ फिफा विश्वकप आगामी नोभेम्बर २१ देखि कतारमा हुँदैछ। १८ डिसेम्बरसम्म चल्ने प्रतियोगितामा ३२ टिमले भाग लिनेछन्। ५ शहरका ८ रंगशालामा हुने प्रतियोगिताका लागि अहलेसम्म २७ टिमले टिकट पक्का गरिसकेका छन्।

जसमा आयोजक कतार आयोजकको हैसियतमा छनोट भएको थियो। युरोपबाट १२ टिमले विश्वकपमा स्थान बनाइसकेका छन्। रसिया र युक्रेनबीचको युद्धका कारण युरोपबाट छनोट हुने एक टिमको टुंगो लाग्न बाँकी छ।

एसियाबाट चार टिमले विश्वकपमा स्थान बनाइसकेका छन्। अस्ट्रेलिया र युएईबीच चौथो चरणमा भिडन्त हुँदैछ। खेलको विजेताले अन्तरमहादेशीय प्लेअफमा स्थान पक्का गर्नेछ।

यस्तै दक्षिण अमेरिकाबाट पनि चार टिम विश्वकपमा पुगेका छन्। छनोटमा पाँचौ भएको पेरू अन्तरमहादेशीय प्लेअफमा पुगेको छ। अफ्रिकाको विश्वकप छनोट सकिएको छ। अफ्रिकाबाट विश्वकपमा छनोट हुने पाँच टिमको टुंगो मंगलबार राति लागेको थियो।

उत्तर अमेरिकाबाट क्यानडाले विश्वकपमा स्थान पक्का गरिसकेको छ। अब यो क्षेत्रबाट दुई टिम सिधैं विश्वकपमा पुग्दा एक टिमले अन्तरमहादेशीय प्लेअफ खेल्न पाउनेछ। ओसियाना क्षेत्रको पनि फाइलन पुग्ने टिमको टुंगो लागेको छ। फाइनल जित्ने टिम अन्तरमहादेशीय प्लेअफमा पुग्नेछ।

दक्षिण अमेरिका (४ वा ५) – ब्राजिल, अर्जेन्टिना, इक्वेइडर, उरूग्वे । एसिया (४ वा ५) – इरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया । अफ्रिका (५) – घाना, सेनेगल, ट्युनिसिया, मोरक्को र क्यामरून । उत्तर अमेरिका (३ वा ४) – क्यानडा । ओसियना (१ वा ०)

अब छनोट हुन पाँच टिम बाँकी

उत्तर अमेरिकाबाट दुई टिम – (अमेरिका, मेक्सिको र कोस्टारिका मध्ये दुई टिम पक्का) । युरोपबाट एक टिम – (वेल्स भर्सेसयुक्रेन/स्कटल्यान्ड) ।

एसिया र दक्षिण अमेरिका प्लेअफ एक टिम – अस्ट्रेलिया/युएई भर्सेस पेरू । उत्तर अमेरिका र ओसियाना प्लेअफ एक टिम – अमेरिका/मेक्सिको/कोस्टारिका भर्सेस सोलोमन आइल्यान्ड/न्युजिल्यान्ड ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here