काठमाडौं । दाङको तुलसीपुरमा राजा वीरेन्द्रको शालिक स्थापना गरिएको छ।
तत्कालीन विद्रोही शक्ति माओवादीले २०६२र०६३ को आन्दोलनको समयमा तुलसीपुरको वीरेन्द्र चोकमा रहेको राजा वीरेन्द्रको शालिक तोडफोड गरेका थिए।
करिब १५र१६ वर्षपछि वीरेन्द्र चोकमा वीरेन्द्रको शालिक फेरि स्थापना गरिएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ को आह्वानमा मेटिएको इतिहासलाई बचाउने प्रयास गरिएको वडा अध्यक्ष वीरेन्द्र शाहले जानकारी गराए ।
‘जनप्रतिनिधि आइसकेपछि वडा सरकारबाट निर्णय गराएर वीरेन्द्र चोकमा बोर्ड राख्यौं, सोही अनुरूप मूर्ति स्थापना गर्न सफल भएका छौं’,अध्यक्ष शाहले भने,‘यसमा सरकारको कुनै पनि लगानी छैन।’
उनले करिब ३ लाख बराबरको लगानीमा मूर्ति स्थापना भएको र यसको एकमुष्ट रकम केही दिनमा सार्वजनिक गर्ने जानकारी गराए ।

















